वाइफाईको पासवर्ड चाहियो यसरी पत्ता लगाउनुहोस्

कयौं पटक सम्झन खोज्दा पनि वाइफाइको पासवर्ड सम्झिन सकिएन भने केहि विधि अपनाएर सहजै राउटरको पासवर्ड पत्ता लगाउन सकिन्छ ।

यो पासवर्ड सामान्य फर्म्याटमा देख्न सकिन्छ जसलाई प्रयोगकर्ताले सहजै पढ्न सक्दछन्। यो पासवर्ड आफ्नो पर्सनल वाइफाई नेटवर्कमा मात्रै काम लाग्दछ । अफिसको नेटवर्क वा अन्य प्रयोगकर्ताको वाइफाई नेटवर्कमा भने पत्ता लगाउन सकिँदैन ।

पासवर्ड पत्ता लगाउन यो विधि अपनाउनेः

स्टेप १

कम्प्युटर वा ल्यापटपको कन्ट्रोल प्यानलमा जाने। Start > Control Panel > Network and Sharing Centre, नेटवर्क सेयरिङ सेन्टरमा वायरलेस र वायर्ड नेटवक्र्स दुवैको लिस्ट दिएको हुन्छ। यदि विन्डोज एट को प्रयोग गरिएकाे भए “Windows key + C” गर्ने। यो सर्टकट एकसाथ क्लीक गर्ने र यसपछि सर्चमा क्लीक गरी Network and Sharing Center मा क्लीक गर्ने ।

स्टेप २

नेटवर्क एण्ड शेयरिङ सेन्टरमा गएपछि “Change adapter settings” नामको अप्सनमा क्लीक गर्ने।

स्टेप ३

अव यो स्टेपमा जुन वाइफाईको प्रयाेगकर्ताले जुन पासवर्ड खाेजेकाे हाे त्यसमा सेलेक्ट गरेर राइट क्लीक गर्ने । यसपछि “Status” अप्सनमा गई वायरलेस प्रपर्टिज नामको अप्सनमा क्लीक गर्ने । यसपछि ल्यापटप वा कम्प्युटरमा एक विन्डोज खुल्छ जसमा दुई ट्याब दिएको हुन्छ। एउटा कनेक्सन र अर्काे सेक्युरिटि ट्याब हुन्छ जसमध्ये सेक्युरिटि ट्याबमा क्लीक गर्ने ।

स्टेप ४

अव प्रयोगकर्ताको सामु तीन वटा अप्सन आउँदछन् । यसमा सेक्युरिटी टाइप, इन्स्क्रीप्सन टाइप र नेटवर्क सेक्युरिटी रहेको हुन्छ । जसमध्ये नेटवर्क सेक्युरिटी अप्सनमा पासवर्डको स्थान देखिन्छ । त्यसको तल चेक वक्स देखिन्छ जसमा Show Characters लेखेको हुन्छ । यहि चेक बक्समा क्लीक गरेपछि प्रयोगकर्ताले आफूले विर्सेको पासवर्ड सहज तरिकाले देख्न सक्दछन् ।